कोरोना प्रभाव : केयूमा अनलाइनबाट पढाइ सुरु



न्युज अफ नेपाल , काठमाडौं ।

कोरोना संक्रमण जोखिम बढेपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

स्कूल अफ साइन्सका डिन प्रा.डा.कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्