किम संसारकै टप अरबपति



हलिउड मोडल तथा अभिनेत्री किम कार्डसियन संसारकै टप अरबपतिको सूचीमा सामेल भएकी छन्।हालै फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको संसारका उत्कृष्ट अरबपतिको नामको सूचीमा किमको पनि नाम समावेश छ। म्यागेजिनका अनुसार किमको कुल सम्पत्ति एक बिलियन डलर रहेको छ। सन् २०१९ मा उनको ७ सय ८० मिलियन डलर सम्पत्ति थियो। किमले सञ्चालन गरिरहेको सौन्दर्य सामग्रीको कम्पनी, उनको टेलिभिजन कार्यक्रम किपिङ अप विद कार्डसियन, रियल स्टेट तथा अन्य ब्रान्डका साथ गरेका सहकार्य किमको आयको प्रमुख स्रोत रहेका छन्।

व्यावसायिक तथा व्यक्तिगत जीवनका कारण बेला–बेला चर्चामा आइरहने किम हाल पति कान्या बेस्टका साथ चलिरहेको सम्बन्धविच्छेदको मुद्दाका कारण पनि चर्चामा छिन्।

प्रतिक्रिया दिनुहोस्