हेटौंडाकी मिस टिन मामाघरमा



हेटौंडा, (नेस)।

हेटौंडा–४ निवासी मिस टिन हेटौंडाकी फस्ट रनर्सअप श्रुति केसीले विजयका खुसीका पल पूर्वसडक बालक (भाञ्जा) हरूसँग केक काटेर मनाएकी छन्।

सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा–सुविधा, शिक्षा, स्वास्थ्य र परिवारिक पुनःस्थापना गर्दै आएको मामाघर नेपाल मकवानपुरमा पुगेर उनले खुसी मनाएकी हुन्। यस अवसरमा उनले त्यहाँ आश्रित भाञ्जाहरूलाई एकछाक खाना, टिसर्ट र रुमाल सहयोगस्वरूप उपलब्ध गराइन्। सानैदेखि मान–सम्मान पाएकी उनलाई आगामी दिनमा धेरै मानसम्मान मिल्नेमा मामाघर सञ्चालक अर्पण पराजुलीले शुभकामना दिए।

श्रुतिले मिस बेस्ट पर्सनालिटी टाइटलसमेत जितेकी थिइन्। उनले ५० हजार नगद, टिभीलगायत पुरस्कार प्राप्त गरेकी थिइन्। पल इन्टरटेन्मेन्टको आयोजनामा प्रतियोगिता भएको थियो।

प्रतिक्रिया दिनुहोस्