लोभीपापीको डार्लि सार्वजनिक



पुरानो नाममा बनेको नयाँ फिल्म लोभीपापीको डार्लिङ बोलको गीत सार्वजनिक भएको छ। साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो।

गीतमा रीना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत ओमकै छ। रिलिजको तयारीमा रहेको फिल्ममा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीलगायतले अभिनय गरेका छन्।

अमन मियाँ र सत्यम् अधिकारीद्वारा निर्माणाधीन फिल्ममा जय दर्लामी मगरको छायांकन बन्दे प्रसादको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व रहेको छ। मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको फिल्मको प्रस्तुतकर्ता मोसन स्टुडियो हो।

प्रतिक्रिया दिनुहोस्