कोमामा रहेको नेपालको हुलाक सेवा अब ब्यूतिन्छ



कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । जिल्ला हुलाक कार्यालय स्याङजाका प्रमुख कृष्णप्रसाद तिमिल्सिना सूचना र प्रविधिको माध्यम परिवर्तन भएकाले सेवा आधुनिकीकरण गर्नसके अझै हुलाकको आवश्यकता छ भन्नुहुन्छ । पछिल्लो समय हुलाकको अवस्था के छ, कसरी हुलाकको कामलाई व्यवस्थित बनाउन सकिन्छ र जिल्ला हुलाकले के गरिरहेको छ भनेर स्याङ्गजाका जिल्ला हुलाक अधिकृत कृष्णप्रसाद तिमिल्सिनासँग नेपाल समाचारपत्र दैनिकका स्याङ्गजा संवाददाता अमृत अर्यालले गरेको कुराकानीको सार:
१) विगतमा धेरै काम हुने गरेको हुलाकमा अहिले खासै काम नभएको बुझिन्छ ? हाल हुलाकहरुले के गरिरहेका छन ?

विगतमा ईमेल इन्टरनेट तथा संञ्चार सूचना प्रविधिमा नभएका कारण हुलाक कार्यालयहरुले नै सन्चार तथा सूचना आदान प्रदानको काम गरिरहेका थिए र यस क्षेत्रमा धेरै काम हुने गरेका थिए । विगतमा झैं कार्यबोझमा कमि भएतापनि पहिले कै रुपरेखामा पनि काम भैरहेको छ । दैनिक चिट्ठीपत्र आदान प्रदान, दैनिक बैदेशिक वा आन्तरिक पार्सल आदान प्रदान , पत्रपत्रिका सहुलियत दरमा पठाउने कार्यका लागि दर्ता तथा नवीकरण , एफ.एम.रेडीयोहरुको नवीकरण तथा रोयल्टी सकंलन तथा नेपाल सरकारबाट तोकिएका लोककल्याणकारी विज्ञापन प्रसारण गर्न लगाउने , केवल टि.भि.हरुको नवीकरण तथा रोयल्टी सकंलन , जनताको सूचनाको हक पाउने अधिकारको लागि जिल्ला हुलाक कार्यालय फोकल कार्यालयको रुपमा रहेकोले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जनताको हित तथा प्रबद्र्धनका लागि के कस्ता कार्यहरु भैरहेका छन सो को जानकारी दिन सूचना आधिकारीको नियुक्ति तथा विकासका गतिविधि कार्यालयको सूचना पाटीमा राखि वा कार्यालयको ईमेल ठेगानामा राख्न लगाई जनतालाई जागरुक बनाउने कार्यमा लागेको र यि सबै कार्यको अनुगमन हुलाकले गरिरहेको छ ।

 चिठिपत्र त एकदमै कम हुन थाल्यो अब हुलाकलाई डिजिटल सिस्टममा लैजान के काम भैरहेको छ ?
चिठिपत्र कम हुन थालेको सांचो हो तर पनि हुलाक सेवामा नीतिगत, संगठनात्मक, संरचनागत , प्रविधिगत तथा कार्यविधिगत सुधार गर्ने ध्येयले गत वर्ष नै हुलाक सेवा सुधार कार्यदल गठन गरिएको छ र सो समितिले हुलाक प्राधिकरणको रुपमा यसको सुधार गर्ने लक्ष्य राखेको छ । देश संघियतामा रुपान्तरण भैसकेपछि हुलाक सेवाको संरचना पनि सोही बमोजिम रुपान्तरण गर्ने , यसले दिने सेवाहरुलाई पनि समयसापेक्ष सुधार गरि सुलभ र प्रतिस्पर्धि सेवाको रुपमा परिवर्तन गर्ने र डिजिटल प्रणालीको रुपमा विकास गर्ने लक्ष्य राखि कार्यदलले दिएको सुमmाव अनुरुप हुलाक सेवा विधेयक तयार भई छलफलको क्रममा रहेको छ ।

पछिल्लो समयमा सूचना विभागले जारी गर्ने प्रेस कार्ड हुलाकले जारी गर्न थालेको छ ? अब जिल्ला हुलाकबाटै प्रेस कार्ड लिन पत्रकारहरुले के गर्नुपर्दछ ?
सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र दिने सम्वन्धमा अनलाईन सन्चारमाध्यम सन्चालन निर्देशिका, २०७३ र प्रेस प्रतिनिधि –प्रमाणपत्र तथा परिचयपत्र वितरण, कार्यविधि २०७१ तथा छापाखाना तथा प्रकाशनको क्षेत्रमा कार्यरत जनशक्तिका लागि छापाखाना र प्रकाशन सम्वन्धि नियमावली, २०४९ बमोजिम प्रेस प्रतिनिधि प्रमाणपत्र, स्वतन्त्र पत्रकारको परिचयपत्र र विदेशी नागरिकलाई प्रेस प्रतिनिधि प्रमाणपत्र लगायत सन्चार गृहका सन्चालक समितिका अध्यक्ष, प्रकाशक, व्यवस्थापक र प्रवन्ध निर्देशक सहितका पदाधिकारीहरुलाई समेत परिचयपत्र जारी गर्ने सम्वन्धमा प्रेस प्रतिनिधि (प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि २०७१ को व्यवस्था भएको छ । सोही नियमावली , निर्देशिका तथा कार्यविधिमा तोकिए बमोजिमका आधारमा प्रेस कार्ड जारी गरिनेछ । प्रेस कार्ड लिनको लागि पत्रकारहरुले गर्नुपर्ने कार्यका लागि माथि लेखिएका नियमावली , निर्देशिका तथा कार्यविधिमा तोकिएका कुराहरु अवगत गर्नुहुन अनुरोध छ ।

एक पटक प्रेस कार्ड बनाएर बर्षाैसम्म नबिकरण नगरेको हकमा के हुन्छ ?
यस सम्वन्धमा छापाखाना र प्रकाशन सम्वन्धि नियमावली, २०४९ को नियम ११ का अतिरिक्त र प्रेस प्रतिनिधि ( प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि २०७१ को नियम ७ मा तपसिल बमोजिमको व्यवस्था गरिएको छ । नियम (७) म्याद समाप्त भएको चार महिना पांच दिनसम्ममा नवीकरण हुन नसकेको प्रेस प्रतिनिधि प्रमाणपत्र स्वत खारेज हुनेछ । त्यस्ता श्रवजीवी पत्रकारहरुले देहायका कागजात सहितको निवेदन दिएमा साविकको प्रेस प्रतिनिधि प्रमाणपत्र नं. समेत उल्लेख गरि नयां प्रेस प्रतिनिधि प्रमाणपत्र उपलव्ध गराइनेछ । जसका लागि रु.१०। को टिकट टांसी नियमावलीको अनुसुचि फारम १० बमोजिमको फारममा निवेदन, हालै खिचेको पासपोर्ट साईजको चार प्रति फोटो, संञ्चारगृहले दिएको बुंदा ३.५ बमोजिमको नियुक्तिपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र उपलव्ध गराईदिन सन्चारगृहले सूचना विभागमा गरिदिएको सिफारिशपत्र, ब्रोडसिट दैनिक बाहेक अन्य पत्रपत्रिकाको हालै प्रकाशित अकं एक सक्कल प्रति र प्रेस प्रतिनिधि प्रमाणपत्र दस्तुर रु.३००। लाग्ने छ ।

आधिकारीक पत्रकार नभै झुक्याएर प्रेस कार्ड बनाउने बेथिती बढेको पाईन्छ, यसलाई रोक्न तपाईहरुले के गर्नुहुन्छ ?
सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र दिने सम्वन्धमा अनलाईन सन्चारमाध्यम सन्चालन निर्देशिका, २०७३ र प्रेस प्रतिनिधि –प्रमाणपत्र तथा परिचयपत्र वितरण, कार्यविधि २०७१ र प्रेस प्रतिनिधि (प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि २०७१ बमोजिम नया दर्ताका लागि सूचना विभाग र नवीकरणका लागि हुलाक निर्देशनालयमा तोकिए बमोजिमका कागजातहरु सकंलन गरि पठाईदिनुपर्ने व्यवस्था छ । माथि तोकिएका नियमावली, निर्देशिका र कार्यविधिले तोकेका प्रमाण सकंलन कै क्रममा आवश्यक कागजात नभै नया प्रेस कार्ड तथा नवीकरणको लागि माथिल्लो निकायमा सिफारिश नगरिने भएकोले बेथिति हुने संभावना रहने छैन भनि विश्वस्त हुन आग्रह गर्दछु ।

 नेपालमा पनि विश्वभर जसरी नै हुलाक सेवाको उपयोग गर्न सकिन्थ्यो । तर निजी क्षेत्रका सामान्य ग्रामिण व्याक्तिले सुरु गरेको कुरियर विश्वस्तरीय सेवा प्रदायक भएका छन्, पैसा कमाएका छन् । त्यही काम हुलाकले प्रभावकारी तरिकाले किन गर्न सकेन् ?
तपाईले व्यक्त गर्नुभएको यो प्रश्न अत्यान्त समय सान्दर्भिक र संवेदनशील छ । नेपालको र संसारकै सबैभन्दा पुरानो सरकारी र मान्यताप्राप्त सेवा हुलाक आजको उन्नत , प्रविधियुक्त र गतिशील समाजका आवश्यकतालाई पछ्याउने गरि आफुलाई रुपान्तरण गर्न नसकेको कुरा स्वीकार गर्दछु । तपाईको यो प्रश्नबाट समाधान खोज्न के कस्ता उपायहरु वा तरिकाहरु अपनाउन खोजीदैंछ भन्ने कुराको उत्तर हाम्रो माथिल्लो निकाय सन्चार तथा सूचना प्रविधि मन्त्रालय , हुलाक सेवा विभाग लगायत सरोकारवाला निकायहरुले दिनुपर्ने हुन्छ । यस परिप्रेक्ष्यमा हुलाक सेवाको स्तरोन्नतिका लागि नेपाल सरकारबाट हुलाक सेवा सुधार कार्यदल गठन भै हुलाक सेवा विधेयक छलफलको क्रममा रहेको छ तापनि यो विधेयक पास भै ऐन नियममा रुपान्तरण गरि नेपाली जनतालाई छिटो छरितो र सुलभ हुलाक सेवा दिन ढिलो भैसकेको यथार्थता हो । जिल्ला हुलाक कार्यालय र अन्तर्गतका ईलाका हुलाक कार्यालय तथा अतिरिक्त हुलाक कार्यालयहरु यिनै माथिल्लो निकायहरुले तोकिदिएको कामकाज गर्ने कार्यालयहरु हुन । नीतिगत निर्णयमा हाम्रो कुनै भूमिका रहंदैन । तथापी यति भन्न सकिन्छ विश्वभरमा चिट्ठीपत्र, पार्सल आदानप्रदान सम्वन्धि सेवा यथावत सन्चालन भैरहेको छ । हिजोको दिन भन्दा आज हुलाक कार्यालयहरु केही प्रविधियुक्त , केही समयानुकुल क्षमता भएका कर्मचारीहरुमा रुपान्तरण भएकोले सरकारबाट थप गरिएका एफ.एम.रेडीयो , केवल रेडीयोहरुको नवीकरण तथा रोयल्टी सकंलन, प्रेस सम्वन्धि महत्वपुर्ण जिम्मेवारी दिएको देखिन्छ । आज हुलाक सेवाको काम एउटी आमाले हिजो धेरै परिवारसगैं हुदां अनेक खानेकुरा जुटाएर भान्सा तयार गर्नुपथ्र्यो भने आज थोरै परिवारका लागि भान्सा तयार गर्नुपर्दा पनि यथावत सबै खानेकुरा जुटाउनु परेजस्तै थोरै चिठिपत्र वा हुलाक वस्तु हुदां पनि हाम्रो तयारी र काम उस्तै छ भनि बुमिmदिनु हुन आग्रह गर्दछु ।

 विज्ञान र प्रविधिले दिनहुंजसो नयां फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक बिद्युतीय हुलाकीले बोकीरहेका छन् । तर तपाईको कार्यालयमा जागीर खाएका हुलाकीहरुले के बोकीरहेका छन् त ?
नेपालको हुलाक सेवालाई समयसापेक्ष विज्ञान र प्रविधियुक्त विद्युतिय माध्यमको सेवा बनाउने भन्ने तपाइको यो प्रश्न मननीय छ । मैले माथि उल्लेख गरेजस्तै हुलाक सेवालाई यस प्रकारको सेवामा रुपान्तरण गर्न अति आवश्यक महशुस भएको सन्दर्भमा यसलाई मुर्तरुप दिन नेपाल सरकारबाट गठित हुलाक सेवा सुधार कार्यदलबाट तयार गरिएको हुलाक सेवा विधेयक पारित गरि कार्यान्वयन गर्न ढिला भैसकेको छ । हुलाक कार्यालयमा आएर कम्प्युटर मार्फत चिठि तयार गरि इमेल , इमो ,म्यासेन्जर लगायतका प्रविधिबाट क्षणभरमा सन्चार आदानप्रदान गर्न समग्रमा हुलाक कार्यालयहरुको संरचनागत परिवर्तन ( हालको हुलाक कार्यालयहरु संख्या घटाएर जनताको अधिक बसोबास भएको स्थानमा मात्र थोरै कार्यालय र प्रविधि ज्ञानयुक्त कर्मचारीको व्यवस्था ) गरि यस प्रकारको सेवा दिन असंभव छैन । तर यसको लागि सरकार तथा नीतिगत निर्णय गर्ने मन्त्रालय , विभाग तथा अन्य सरोकारवाला निकायहरुको यस प्रकारको रुपान्तरणको लागि प्रतिबद्धता र लगनशीलताको आवश्यकता पर्दछ । हाल यस कार्यालय र अन्तर्गतका ईलाका हुलाक कार्यालय तथा अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत हुलाकी , डांकवाहकहरुले पुरानै परिपाटी बमोजिम डांक आदानप्रदान गरिरहेका छन ।

 जिल्ला हुलाक कार्यालय स्याङजामा पछिल्लो समयमा के समस्या छ ?
हुलाक सेवालाई समयसापेक्ष बनाउन नसक्दा जनताले सन्चार आदानप्रदानमा आशा भरोसा गरेको विश्वास प्राप्त गर्न सकिएको छैन । समग्रमा हुलाक सेवाको र जिल्ला हुलाक कार्यालय स्याङजाको समस्या बगे्रल्ती रहेका छन । ति समस्याहरु निम्न छन । १.सेवाको पछिल्लो समयमा केही ईलाका हुलाक कार्यालयहरुमा लामो समयसम्म हुलाक हाकीम (खरिदार) को पदपुर्ति हुन नसक्नु हो । २. बजेटको अभावले ईलाका हुलाक कार्यालय तथा अतिरिक्त हुलाक कार्यालयहरुलाई लामो समयदेखि आवश्यकता बमोजिम कम्प्युटर, प्रिन्टर लगायत दराज, टेवुल कुर्चि लगायत कार्यालयको साईनबोर्ड दिन सकिएको छैन । ३. डांकबस सेवाले दैनिक डांक नबोकिदिदां प्रेषकले पठाएका चिट्ठिपत्र लगायत अन्य हुलाक वस्तुहरु समयमा प्रापकलाई दिन नसक्दा समग्रमा हुलाक सेवाको विश्वसनियतामा कमी आईरहेको छ । ४. हुलाक सेवाको कार्यहरुलाई महत्वपूर्ण बनाउन नसक्दा जनताबाट तल्लो प्राथमिकतामा परेका कारण सेवाको महत्व निर्माण हुन सकेको छैन । ५.हुलाक सेवामा कार्यरत कर्मचारीमा उत्प्रेरणा र मनोबल कम भएका कारण यस सेवामा टिकेर लामो समयसम्म सेवा दिने कर्मचारी नहुने हुनाले प्रायः लामो समयसम्म पद रिक्त रहने समस्या रहेको छ ।

अन्त्यमा नेपाल समाचारपत्र मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
हुलाक सेवाले समयसापेक्ष प्रविधिगत, नीतिगत, शैलीगत तथा संरचनागत पक्षमा आमुल परिवर्तन गर्न केही प्रयास गरिरहेको छ । कोमामा रहेको हुलाक सेवा अब ब्यूतिन्छ । विशेष गरि हुलाक सेवाले दिने सुविधामध्ये विश्वभर चिट्ठिपत्र आदानप्रदान गर्ने कार्य छिटोछरितो गरिरहेका हुनाले आम जनसमुदायलाई यो सेवा लिनुहुन आग्रह गर्दछु । सामुदायिक एफ.एम.रेडीयोहरुले नियमित सेवा प्रसारण केवल टि.भि.संचालकहरुले आफ्नो प्रसारण क्षेत्रमा सेवाग्राहीलाई दिनुपर्ने सुविधा दिई तथा सरकारी र गैरसरकारी संस्थाहरुले आफ्नो कार्यालयको सूचना पाटी वा ईमेलमा भएका विकासका गतिविधि वा जनसरोकारका विषयमा सूचना अधिकारी मार्फत जनताको सुसुचित हुने अधिकारलाई सुरक्षित राखिदिनु हुन अनुरोध गर्दछु । साथै हुलाक सेवामा कार्यरत तमाम् कर्मचारी साथीहरुलाई आफुलाई तोकिएको काम,कर्तव्य जिम्मेवारीपुर्वक सम्पन्न गरि जनतालाई दिनुपर्ने सुविधामा प्रतिबद्ध हुन आग्रह गर्दछु । साथै यो अवसरको लागि नेपालको लोकप्रिय पत्रिका नेपाल समाचारपत्रलाई धन्यवाद दिन चाहन्छु ।


स्याङजा :कृष्णप्रसाद तिमिल्सिना हुलाक अधिकृत जिल्ला हुलाक कार्यालय ,

प्रतिक्रिया दिनुहोस्