गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा



पोखरा, (नेस) ।

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मन्त्रीद्वयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् । चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री थिए भने थापा कृषिमन्त्री थिए ।

मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेतासमेत रहेका चुमानले बताउनुभयो । मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनुपरेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्