बालबालिकामा कोरोना संक्रमण बढ्दै, विद्यालय बन्द हुन सक्ने



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं, पोखरालगायतका ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

पछिल्लो समय कोरोना परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ । लामो समयपछि पूर्णरुपमा सञ्चालनमा आएका विद्यालय फेरि बन्द हुन सक्ने सम्भावना बढेको छ ।

बालबालिका र ज्येष्ठ नागरिकमा कोरोना संक्रमणको असर उच्च देखिने भएकाले पनि विद्यालय बन्द हुन सक्ने कतिपयको आँकलन छ । मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरेर मात्र विद्यालय सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्