पत्रकार महासंघको निर्वाचन सम्पन्न, ९० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल पत्रकार महासंघको निर्वाचन आज(बुधबार) सम्पन्न भएको छ । आज बिहान ९ बजेदेखि सुरु भएको मतदान अहिले ५ बजे सम्पन्न भएको हो । निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भएको कन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी दिनुभयो ।

देशभर ९७ केन्द्रमा चलेको निर्वाचनमा अधिकांश निर्वाचन सम्पन्न भएर केही स्थानमा भने मत गणना समेत सुरु भएको संयोजक काफ्लेले बताउनुभयो । उहाँले केहीबेर अघि सामाजिक सञ्जालमार्फत् देशभर ९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्