चन्द्रागिरी हिल्सको शेयरमूल्य २५ सय नाघ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

चन्द्रागिरी हिल्सको शेयरमूल्य पच्चीस रूपैयाँ नाघेको छ । बुधबार कारोबारको केही समयमै कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेर २ हजार ५०० रूपैयाँभन्दा माथि पुगेको हो। दोस्रो बजारमा कारोबार खुलेदेखि नै लगातार जसो सकारात्मक सर्किट लागेर २०७९ रूपैयाँमा केहीसमय अड्किएको कम्पनीको शेयरमूल्यमा पुनः लगातार सर्किट लेभलमा कारोबार हुन थालेको छ।

मंगलबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको कम्पनीको शेयरमूल्य बुधबार पनि ९.९८ प्रतिशतले बढेर कारोबार बन्द भएकाे छ। यस दिन बजार खुलेको केहि समयमा नै कम्पनीको शेयरमूल्य बढेर २ हजार ५७८ रुपैयाँसम्म पुगेको थियो। यस अवधिमा कम्पनीको १३ हजार ४७० कित्ता शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्