विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने



काठमाडौं, (नेस)

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ । सन् २०२१ मा विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने कोषको अनुमान छ । जनवरीमा गरिएको प्रक्षेपणमा भने यो दर साढे ५ प्रतिशत रहने बताइएको थियो । सन् २०२२ मा भने विश्व अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।अमेरिको यसवर्ष आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतले बढ्ने बताइएको छ

प्रतिक्रिया दिनुहोस्