मसानघाटमा यशराज र सुनीता



नायक यशराज गराच र गायिका सुनीता खड्काले अभिनय गरेको सानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका तथा मोडल सुनीता खड्काले लामो समयको मेहनतपछि मसानघाट बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

गायिका खड्काले गायक राजन बिसीसँग युगल गायन गरेकी छिन्। खड्काकै शब्द रचनाको उक्त गीतलाई राजन बिसीले संगीतबद्ध गरेका छन्। साढे १४ मिनेट लामो उक्त गीतलाई गीतिकथाका रूपमा चित्रण गरिएको छ। छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको म्युजिक भिडियोमा नायक गराचसँगै सुनीता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु छन्।

भिडियोमा हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रीता लिम्बु, तुल्सीराम अवाल, रीता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओलीलगायतले पनि अभिनय गरेका छन्।मुकेश हुमागाईंले छायांकन गरेको म्युजिक भिडियोमा पदम सुनारको सम्पादन र केशवराज भट्टको कोरियोग्राफी छ। भिडियोमा शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्