पहिलो सेमिफाइनल खेल सम्पन्न



ललितपुर, (नेस) 

ललितपुरमा जारी ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित ‘गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता’ को मंगलबार सेमिफाइनलको पहिलो खेल सम्पन्न भएको छ ।

उक्त खेलमा सुन्दर साकोस हेटाैडाका कृष्ण थापा र नोभा साकोस ललितपुरका सुदीप तामाङ्गबीचको खेल बराबरी भयो । कृष्णको क्विन पन्को जवाफमा सुदीपले घोडा चालेर खेललाई इन्डियन डिफेन्स ओपनिङमा लगेर ३५औं चालमा फोटोजेनिक पोसिजनको दाबी अनुसार खेल बराबरीमा टुंगियो ।

ललितपुरको ताम्राकार भवनमा सञ्चालन भइरहेको प्रतियोगितामा दोलखा चेसका मिलन लामाले गजुरमुखी चेस क्लब राजन सुवेदीलाई हराए ।रोयलोपेज ओपनिङमा मिलनले फ्रिपनको फाइदा उठाउँदै ५२औं चालमा राजनलाई खेल परित्याग गर्न बाध्य पारे ।

प्रतिक्रिया दिनुहोस्