आगलागी नियन्त्रणमा प्रधानमन्त्रीको चासो



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा उच्च वायु प्रदूषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलिकोप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताउनुभयो ।

‘अहिलेको जस्तो आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकोप्टर वा हवाईजहाज ल्याउनेतर्फ गृहकार्य थालिनुपर्छ’ –प्रधानमन्त्रीको भनाइ थियो ।यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकोप्टरमा अग्निनियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सोका लागि समेत कार्य प्रारम्भ गर्न पनि उहाँले निर्देशन दिनुभयो । यस कार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा प्रधानमन्त्री ओलीको थियो । अहिलेको आगलागीलाई गम्भीरतापूर्वक लिँदै आगामी वर्षका लागि समेत तयारी गरिनुपर्ने बताउनुभयो ।अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको उहाँले यो स्वाभाविक नदेखिने समेत बताउनुभयो । ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्री ओलीको प्रश्न थियो ।आगलागीको परिणामस्वरूप उत्पन वायु प्रदूषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महसुस गरेको बताउनुभयो । ‘म भन्दा बूढाबूढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’ –प्रधानमन्त्री ओलीले भन्नुभयो ।

रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विकास आयोजनाहरूमा सामान्य बाहेकका कुनै उल्लेखनीय समस्या नदेखिनु सुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोसाक, विस्कुट खाद्य पदार्थ आफंै उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणासमेत राख्नुभयो ।आफैं उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोसाक र विद्यालयका पोसाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उहाँको थियो । तर, त्यसरी तयार हुने पोसाकसितै होइन, परल मुल्य लिएर गुणस्तर समेत सुनिश्चित गराएर उपलब्ध गराइने हुनेपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो ।

 प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरूप नै पुरा हुने दिशामा अघि बढिरहेको बताउनुभयो । साथै वीरेन्द्र सैनिक अस्पताललाई ठूला जनधनको क्षतिका बेला काम गर्न सक्ने स्तरमा पु¥याउने, बंकरहरूलाई ब्यारेकमा स्थानान्तरण गर्र्ने तथा राष्ट्रिय प्रति रक्षा विश्वविद्यालय स्थापना लगायतका विषयमा काम अघि बढेको उहांले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्