काठमाडौं फेरि विश्वकै प्रदूषित सूचीको पहिलो नम्बरमा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा नेपालमा वायु प्रदूषण फेरि बढेको छ । केही दिनअघि हल्का सुधार देखिएको काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढिरहेको वातावरण विभागले जनाएको छ । अहिले पनि राजधानी काठमाडौं विश्वकै प्रदूषित सूचीको एक नम्बरमा कायमै रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।

यस्तै सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरूको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्