ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएँ, गल्ती भयो : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् । मंगलबार मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गहमन्त्री बादलले ०७० सालको चुनावमा आफैलाई बम हानेको बताउँदै उनलाई विश्वास गर्नु गल्ती भएको बताएका हुन् । उनले अब यस्ता गल्ती नगर्ने पनि भनेका छन् ।

उनले भने, ‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ। मैले गल्ती गरें। उनीहरू बिकाउ माल सावित भए ।’ उनले इमान्दार पार्टी कार्यकर्ताको उचित मुल्याङ्न गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्