दीपाश्री निरौलालगायतको फेसबुक ह्याक : पर्साबाट १४ वर्षिय बालक पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

हास्यकलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाललगाएतको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जना बालकलाई पक्राउ गरेको छ । पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

केही दिन अघि निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी आफन्त र साथीहरूसँग पैसा माग गरिएपछि प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा ती बालकलाई सोमबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्