नेपाल वायुसेवा निगमको सञ्चालकमा किशोर प्रधान नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल वायुसेवा निगमको सञ्चालकमा व्यवसायी किशोर प्रधान नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार निगमको सञ्चालकमा प्रधानलाई नियुक्त गरेका हुन् ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम प्रधानलाई नियुक्त दिएको सचिवालयले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधान गत चैत ६ गते मात्रै एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्