नेपाल-खनाल समूहद्वारा बागमती प्रदेश समानान्तर कमिटी घोषणा, संयोजकमा अष्टलक्ष्मी शाक्य



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेको नेपाल-खनाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल-खनाल समूहले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १६५ सदस्यीय बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको हो ।

कमिटीको सह-संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं चयन भएका छन् भने सचिवमा रचना खड्का छिन् । त्यस्तै सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टेकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगाएत छन् ।

कमिटीका सदस्यहरुलाई नेता माधवकुमार नेपालले सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्