सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सम्मानीत हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।

४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

कोरोना महामारीको अवधिमा पनि मन्त्रालय नेतृत्व उनीप्रति अनुदार देखिरहेकै छ । अस्पतालमा पनि डा. पुनलाई महत्वपूर्ण भूमीका छैन् ।

कोरोना महामारीका सन्दर्भमा सरकारलाई क्रस गरेर मिडियासँग बोलेको भन्दै स्पष्टीकरणसहित मन्त्रालयमा तान्ने पत्र काटिसकेपछि जनदबाबसँगै मन्त्रालयले पत्रको व्याहोरा फेरेर छलफलका लागि मात्रै बोलाएको भन्दै पछाडि हटेको थियो ।

मन्त्रालयका अधिकारीसमेत मिडियामा उनीमात्रै छाएको भन्दै डा. पुनलाई आँखी बनाएका थिए । स्वास्थ्य अधिकारीका निम्ति आँखी बनेको काम नास्टका प्राज्ञहरुको मन जितेको छ ।

विश्वमा देखिएका नयाँ पुराना सरुवा रोगको उपचार, अनुसन्धान तथा लेखरचना प्रकाशनमा दख्खल राख्ने डा. पुनले नास्टले पुरस्कृत गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘शुरुमा सुन्दा त केहि समय विश्वास गर्न गाह्रो भयो, तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान –(नास्ट)ले प्रविधि पुरस्कार’ जस्तो उच्च तथा प्रख्यात (प्रतिष्ठित) राष्ट्रिय अवार्डद्वारा सम्मान गर्ने निधो गरिएको छ, म अत्यन्त हर्षित भएको छु ।’

प्रतिक्रिया दिनुहोस्