बर्दियाकाे मान्छे मार्ने बाघ चिडियाखानामा (फोटो फिचर )



न्युज अफ नेपाल, काठमाडौं ।

बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको बाघलाई आज ललितपुरमा सदर चिडियाखाना राखिएको छ । बाघलाई निकुञ्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई यो बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई घाँस काट्ने क्रममा बाघले ३४ वर्षीय पुलिसराम थारूलाई आक्रमण गरेको थियो । आक्रमणबाट थारूको मृत्यु भएको थियो ।उक्त बाघले केही दिन अगाडि जंगलमा निउरो टिप्न गएकी एक महिलालाई मारेको आशंका गरिएको छ । बाघले दोहोर्‍याएर मान्छे मार्न थालेपछि तत्काल व्यवस्थापन गर्नु परेको हो ।

तस्वीर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्