बागमतीमा आ–आफ्नै कार्यालय



हेटौंडा, (नेस) । 

सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र छुट्टै पार्टी भएअनुसार बागमती प्रदेशसभामा छुट्टाछुट्टै कार्यालय स्थापना भएको छ । सत्तारूढ नेकपा एमालेको संसदीय दलको कार्यालय प्रदेशसभा सचिवालयमा स्थापना गरिएको छ भने नेकपा माओवादी केन्द्रका प्रदेशसभा परिसरभित्र छुट्टै संसदीय दलको कार्यालय स्थापना भएको हो ।

नेकपा एमाले संसदीय दलमा ५७ प्रदेशसभाका सदस्य कायम छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतकमा केशवराज पाण्डे पनि पुनः नियुक्ति हुनुभएको छ । प्रदेशसभामा दोस्रो ठूलो प्रतिपक्ष दलका रूपमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा परिसरभित्र छुट्टै संसदीय दलको कार्यालय र सभागृह स्थापना गरिएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलमा २३ प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा पहिले दोस्रो दलका रूपमा रहेको नेपाली कांग्रेस संसदीय दल अब तेस्रो ठूलो प्रतिपक्ष पार्टीका रूपमा रहेको छ । नेपाली कांग्रेसका २२ प्रदेशसभाका सदस्य छन् ।

३ वर्षदेखि प्रदेशसभा परिसरमा नेपाली कांग्रेस संसदीय दलको कार्यालय स्थापना गरिसकिएको थियो । साझा विवकेशील दल, नेपाल मजदुर किसान पार्टी, राप्रपा र स्वतन्त्र सांसद्का लागि प्रदेशसभा कार्यालयभित्र छुट्टै भवनमा कार्यालय स्थापना गरिसकेको सचिवालयले जनाएको छ ।प्रदेशसभामा साझा विवेकशील दलका ३, नेपाल किसान मजदुर पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद गरी १ सय १० सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्