शुष्क कण्ठमा पानीको बुँद



अच्युतप्रसाद पौडेल ‘चिन्तन’

तीस वर्षजति भयो काठमाडौँको घाँटी सुकेको । तीस–चालीस वर्षअगाडिसम्म जम्मा ५ रुपियाँ दस्तुरमा तीन तलामाथिसम्म पानी चढ्थ्यो, अहोरात्र । टोलभरिकाले एउटै सार्वजनिक धाराबाट पानी लगेको लग्यै गर्थे । अहिले यस्तो कुरा दन्त्य कथा भएको छ ।वर्षौंको प्रतीक्षापछि बल्ल मेलम्ची झर्‍यो । यदि व्यवस्थित वितरण भयो भने शुष्क कण्ठमा पानीको बुँदले अमृतको काम गर्ला, नत्र उस्तै।पानीको थोपा नझर्दा पनि मोटै रकम बुझाइयो । मार्च २३ विश्व पानी दिवस मनाइरहँदा राजधानीवासीहरु काकाकुललेझैं मेलम्चीतिर मुख फर्काइरहेका थिए ।अव्यस्थित बसोबास र शहरीकरण,प्राकृतिक सम्पदाको दोहन,साना–ठूला प्रकोप, सार्वजनिक जमिनको अतिक्रमण, विकासका नाममा डोजर आतंक, वन विनाश, प्रदूषणको पहाड यिनै हुन् पछिल्लो राजनीतिक परिवर्तनको उपहार ।मेलम्ची झर्दै गर्दा काठमाडौँमा हप्तौँसम्म फोहोर उठेनतर रकम तिरी नै रहनुपर्‍यो ।
वातावरण प्रदूषणका कुरा
वातावरणको सामान्य अर्थ हावा–पानी र त्यसको परिवेश भन्ने बुझिन्छ । हावा–पानीविना कुनै जीवको कल्पना गर्न सकिन्न । वातावरण भन्नाले जैविक र अजैविक वस्तु एवं तत्वलाई बुझाउँछ । हिजोआज वातावरणमा देखिएको समस्या जलवायु परिवर्तनको कारण हो । यसको प्रत्यक्ष असर पृथ्वीमा जीवहरु लोपोन्मुख हुने क्रममा भारी वृद्धि भएको छ । भूक्षय र माटोमा अम्लीयता बढेको छ । जनसंख्या वृद्धि र बसाइँ सराइको कारण जमिनको अति प्रयोग भएको छ । हावा, पानी, माटो, तेज र शब्द अर्थात् पञ्चतत्वबाट निर्मित जीव र जगत्ले पछिल्ला दिनहरुमा इन्धनको खपत बढाएको छ । विकास र निर्माणको अनि भौतिक सुख–सुविधाको नाममा प्रकृति दोहनमा भारी वृद्धि भएको छ । अति चरण, एकै जातिको बालीनालीबाट अति कृषीकरणदेखि बढ्दो कीटनाशक औषधिको प्रयोगले वातावरण विषाक्त बनेको छ भने वनक्षेत्र र सिमसार क्षेत्रको कमीले वतावारण बढी विषाक्त छ । आधा शताब्दीअघिसम्म ४५ प्रतिशत वनक्षेत्र भएको पृथ्वीको समग्र वातावरणीय प्रणाली नै गम्भीर संकटमा रहेको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा झन्डै १ करोडसम्म जीवजन्तु रहेकोमा हाल केवल १४ लाख जति मात्र नामांकन हुन सकेको छ । यसरी जीवहरुको लोप हुने अवस्थाले जैविक विविधतामा थप संकट देखिएको छ । हावाको गुणस्तर, जलवायुको अशुद्धता, परागसेचनमा परेको प्रभाव, समग्र प्राकृतिक पर्यावरणीय प्रक्रिया सुविधामा अबमानिसले ध्यान नदिने हो भने सम्पूर्ण मानवजगत् एउटै चिहान हुन बेर लाग्दैन । ठूला–ठूला आणविक भट्टीहरुको प्रभाव, हातहतियारको होडबाजीदेखि ओजोन तहसम्मको क्षतिले यिनै कुराको संकेत गर्दैछन् ।विश्वले वातावरण बचाउ अभियान शुरु गर्नुपूर्व हजारौं वर्षपहिलेदेखि नै नेपालको पूर्वीय वैदिक वाङ्मयले हावा, पानी, माटो शुद्ध हुनुपर्ने अवधारणालाई आत्मसात् गरेको हो । हामीले अहिले त्रासदीय सुनामीहरु धेरै देखे-सुनेका छौं । विगतमा त अमेरिका पनि यसको अछूतो रहेन । उत्तर–पूर्वी अमेरिकाको ओहायोबाट उठेको भयङ्कर ठूलो आँधीबेहेरीले त्यसवरपरका धेरै क्षेत्रमा उत्पात नै मच्चाएको थियोे । आँधीबेहरीसँगै आएको चक्रवातले सातजनाको मृत्यु, दर्जनौं भवनहरु ध्वस्त र सयौंसवारीसाधन नष्ट भए । आँधीकै कारण भूकम्पसरह भवनहरु हल्लिए र घरका छानाहरु उडेको खबर आयो । आँधी प्रभावित क्षेत्र युद्धपछिको मैदानजस्तै देखिएको थियोे ।

तराई र चुरेक्षेत्रमा हुने व्यापक वन फडानी पनि हाम्रो प्राकृतिक विपत्तिको एक कारक तत्व बनेको छ । जलवायु परिवर्तनको दृष्टिले नेपाल छैटौं जोखिम मुलुकमा पर्नाले पनि हाम्रा सामु गम्भीर समस्या भएको पुष्टि हुन्छ । जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रमअन्तर्गत विगतमा मुलुकका धेरै जिल्लामा विद्यार्थी समूहहरुबाट हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन हुँदै आएको देखिनुले नयाँ पुस्ता यसतर्फ बढी आकर्षित हुने देखिन्छन् । कमजोर निर्माण सामग्रीको प्रयोगको कारण हाइटीमाझैं नेपालमाफेरि भूकम्प जाने हो भने यहाँकालाखौँ मानिसको एकै चिहान हुने कुरा विश्वकै चासोको विषय भएको छ । हामीले पनि यसतर्फ बढी ध्यान दिनुपर्ने हुन्छ ।काठमाडौँ शहरको ७० कि.मि. क्षेत्रफलभित्र नाइट्रोजन अक्साइड,कार्बन मोनो अक्साइड, सल्फर अक्साइड एवं टोटल सस्पेन्डेड पार्टिकुलेट्स प्रतिदिन टनका टन उत्सर्जन भइरहेकोछ । केही समयअघि ड्रोन प्रयोग गरी काठमाडौँ उपत्यकामा उत्सर्जन हुने प्रदूषणको मापन हुँदा यस्तो परिणाम देखिएको हो। उत्सर्जित वायु प्रदूषणको मात्रा तोकिएको भन्दा धेरै बढी छ । सन् २०१७-०१८ को मापदण्डभन्दा यो ४ गुणाले अधिक थियो । विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा त यो ६ गुणाले बढी रहेको देखिन्थ्योे ।विकसित मुलुकहरुमा तोकिएको मापदण्डभित्रै हुने गरेको छ । आँखाले नदेखिने केमिकलयुक्त कणहरुले शरीरको रक्तनली एवं मुटुलाई प्रत्यक्ष आघात पु-याउँछ । छाती, फोक्सोलगायत क्यान्सर रोगको कारक बन्न सक्छ यो । काठमाडौँ उपत्यकाको वायुमण्डलमा ठोकिएको प्रदूषण उपत्यकाको आकाशभन्दा बाहिर जान सक्दैन । उडेर फेरि भूमितिरै फर्कन्छ । उत्तरतिरको चिसो हिमालय र दक्षिणतिरको महाभारत पहाडबीचमा कचौरा आकारको काठमाडौँ उपत्यकाजहाँबाट उठेको वायुले माथितिर ढकनी बनाएर चिसिएर आफैँतिर फर्कन्छ ।

अझ बिहानीपख त यहाँको हावा डेढ दुई सय मिटरभन्दा माथि जानै सक्दैन । संसारलाई उछिन्दै वायु प्रदूषणको अवस्था कस्तो रह्यो, यही चैत्र तेस्रो साताको वायु मापनको आँकडाले देखाएको छ ।हामीले घरायसी प्रयोजनबाट निकालेको प्रदूषणलाई ८०,यातायातक्षेत्रबाट निकालेको प्रदूषणलाई ७० र हाम्रा औद्योगिक कलकारखानाबाट निस्कने गरेकाप्रदूषणलाई ६० प्रतिशतले घटाउन सक्ने हो भने करिब मापदण्डमा आउने सम्भावना छ, जुन असम्भव नहोला तर दुरुह पक्कै छ । लाखौँ मात्राका सवारीसधान, त्यो पनि धेरै पुराना र थोत्रा, मापदण्ड विपरीतका, पुराना इँटाभट्टाहरु,जथाभावी जलाउने गरिएका फोहोर, घाट–मसानघाटहरुबाट हुने प्रदूषणजस्ता अनेकौँ कारणले हामी र हाम्रो वायुमण्डल आक्रान्त छ, प्रदूषित छ ।प्राकृतिक वातावरणको संरक्षण र वुद्धिमतापूर्ण उपयोगमा जोड दिँदै शहरी प्रदूषणलाई छिट्टैै रोकथाम गर्ने र ग्रामीण क्षेत्रका अधिकांश भूभागलाई स्वच्छ, सफा र सुन्दर पार्ने दीर्घकालीन सोचलाई सबैले मूर्तरुप दिन सकेमाहाम्रो भविष्य थप आशावादी हुने देखिन्छ । प्रमुख तत्वहरु– हावा, पानी, माटो तथा ध्वनि प्रदूषणका थप मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, वातावरणीय स्रोतहरुको संरक्षण गर्दै जाने, नेपाल पक्षधर वातावरण सन्धि–सम्झौतालाई व्यवहारतः कार्यान्वयन गर्ने, क्योटो प्रोटोकलअन्तर्गतको स्वच्छ विकास संयन्त्रबाट लाभ लिन कार्बन व्यापारलाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरु व्यवहारमा उतार्न सके पनि हाम्रो भविष्य हाम्रै पक्षमा रहन सक्ला । काठमाडौं उपत्यका र शहरी क्षेत्रहरुका नदीहरुको सफाइ कार्यक्रम, विषादीहरुको सुरक्षित विर्सजन, काठमाडौं उपत्यकाभित्रका उच्च ध्वनि प्रदूषण हुने संवेदनशील ठाउँको ध्वनि तह मापन, वायु गुणस्तर मापदण्डको अनुगमन, घरभित्रको प्रदूषण नियन्त्रणमा कानुनी व्यवस्था, सवारीसाधनवाट हुने प्रदूषण नियन्त्रण मापदण्डलाई कडाइका साथ कार्यान्वयन हुन सके पनि हाम्रो भविष्य सकारात्मक हुने देखिन्छ।

विषादीको प्रयोग गरी माछा मार्ने र नदीलाई थप विशाक्त बनाउने चलनलाई रोक्ने । जलचरको अस्तित्व नमेटिनको लागि र विषाक्त माछाको सेवनले मानवजीवन रोगग्रस्त नहुनका लागि यसो गर्नुपर्छ । सिन्धुलीको कमला नदी, मरिण, चौदाहा, वाक्सु खोला यसै सेरोफेरोमा परेकाले शहर केन्द्रित मात्रै होइन काठमाडौं उपत्यकाबाहिरका नदीनालाहरु पनि प्रदूषित भएको थप पुष्टि हुन्छ । विषादीसम्बन्धी ऐन धेरै समयअघि नै बने पनि व्यवहारमा यो लागू हुन सकेको छैन ।विश्वमा पाइने १० हजार थरी माछामध्ये करिब २ प्रतिशत अर्थात् १८७ थरी र विश्वमा पाइने १२,६५० हर्पेटमध्ये करिब २ प्रतिशत अर्थात् १९५ थरी नेपालमै पाइन्छ । पुतली, माकुरा प्रजातिका लागि पनि नेपाल नै अग्रस्थानमा छ । नेपालमा रहेका असंख्य नदी, तलाउ, डाँडापाखा, भीर, समथर भूभाग, हिमाल, गल्छी, उपत्यका आदिका कारण विविध वातावरणीय प्रणालीका बहुसंख्यक जीवजन्तुको संगमस्थल भन्दा हुन्छ नेपाललाई । त्यति मात्रै होइन,विश्वकै दुर्लभ एकसिंगे गैंडा, लोपोन्मुख अवस्थाका पाटेबाघहरु, शुद्ध अर्ना, हिमचितुवादेखि हाब्रेसम्मका जीवजन्तु पनि यहीँ छन् । विश्वमै दुर्लभ चरा, माछा, सर्प र मुसाहरु पनि यहीँ पाइन्छन् ।
त्यस्तै कालीगण्डकीको सेरोफेरोमा पाइने सबै खाले वनस्पति र कालीगण्डकीदेखि दार्चुलासम्मको हिमालयक्षेत्रमा युरोपियन हावापानी एवं वनस्पति पाइने गर्नाले पनि हाम्रो मुलुक वनस्पति विकासमा मात्रै होइन पर्यटकीय विकासमा पनि ठूलो महत्व राख्छ । विश्वमा फुल फुल्ने प्रजातिका झन्डै ६ हजार र फुल नफुल्ने झन्डै ४ हजार प्रजातिका वनस्पतिहरु छन् । वनस्पति विभागका अनुसार ३५ किसिमको वन हामीकहाँ नै छ । २५० प्रजातिका मौलिक वनस्पति नेपालमै पाइन्छन् । त्यस्तै ५७१ थरीका औषधिजन्य गुण भएका वनस्पतिहरु पनि यहीँ छन् ।

विश्व वनस्पति भण्डारको रुपमा रहेको नेपालको जैविक विविधतामा आँच आउनु भनेको सबैका लागि कष्टपूर्ण स्थिति पैदा हुनु हो । प्रजाति सम्भाव्यताका दृष्टिले विश्वमै पच्चीसौँ स्थानमा र महाद्वीपीय दृष्टिले एघारौँ स्थानमा पर्ने नेपाल आफैमा समृद्ध हुनुपर्ने हो । बढी वर्षा हुने स्थल पोखराको लुम्ले र कम वर्षा हुने स्थल मनाङ, मुस्ताङ र डोल्पा यहींँ पर्छ । सबैभन्दा अग्लो १५ मिटरसम्मको गुराँसको बोट यहीँ पाइन्छ, जुन विश्वमा पाइने ८५० थरीका गुराँसमध्ये सबैभन्दा अग्लो हो । यी सब कारणले पनि प्रदूषण न्यूनीकरण गर्न यहाँ सहज हुने देखिन्छ । सवारीसाधनहरुको समयमै मर्मत–सम्भार हुने, इँटा भट्टाहरुको राम्रो व्यवस्थापन हुने, जथाभावी फोहोर नजलाउने हो भने हाम्रो वायुमण्डल प्रदूषित हुनमा धेरै कमी आउँछ ।यता पानीको अभावमा शुष्क हुँदै गएको काठमाडौंमा झारिएको मेलम्चीको पानीको व्यवस्थित वितरण भयो भने यसले पनि यहाँको वातावरण शुद्धीकरणमा केही हदसम्म मद्दत पु¥याउनेछ ।

प्रतिक्रिया दिनुहोस्