सिटिजन्स बैंकका ग्राहकलाई होटेल एम्बेस्डरमा छुट



काठमाडौं, (नेस)

सिटिजन्स बैंक इन्टरनेसनल र लैनचौरस्थित होटेल एम्बेस्डरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्मपतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकले होटेल एमबेस्डरको सेवा सुविधामा छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले १६७ वटा शाखा, ११३ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाईबाट करिब साढे ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्