कर कार्यालय ओखलढुंगामा सिभिल बैंकको काउन्टर



काठमाडौं, (नेस)

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ११, करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गर्नुभयो ।

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्की, नेपाली सेनाको अरिदमन् गणका गणपति विशाल सिंह, प्रहरी प्रमुख गोविन्द पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख युगल किशोर न्यौपानलगायतको उपस्थिति थियो ।अब त्यस क्षेत्रका सेवाग्राहीले अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागसँग सम्वन्धित कर को भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत गर्न सक्नेछन् ।

पँँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखामार्फत बैंकको नयाँ एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टर स्थापित गरिसकेको छ । बै‌‌कको हालसम्म ८९ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्