यु–१२ टीटी आज



काठमाडौं, (नेस) ।

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय यु–१२ टेबलटेनिस प्रतियोगिता मंगलबार हुने भएको छ । विश्व टेबलटेनिस दिवसका अवसरमा हुन लागेको एक दिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । छात्र÷छात्रामा सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्