संगीतमा अञ्जुको काँडा



लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा म्युजिक भिडियोसहित नयाँ गीत काँडा सार्वजनिक भएको छ।गीतकार बिन्दुप्रसाद अधिकारीको शब्द तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतको म्युजिक भिडियो अहिले चर्चामा छ।

प्रवासमा बसेर डिजिटल प्रविधि माध्यममार्फत म्युजिक भिडियो निर्देशन गर्दै आएका हीराकाजी थापाको निर्देशन रहेको म्युजिक भिडियोमा कोरियोग्राफी गौरव गिरीको रहेको छ। दीपक गिरीले छायांकन गरेको भिडियो श्याम कुँवरले सम्पादन गरेका छन्। सार्वजनिक भिडियोमा भद्रजंग कुँवर, समीक्षा बस्नेत, संगम पाण्डे र आरती आले मगरलाई फिचर्ड गरिएको छ। भिडियो हीराकाजी थापाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्