रूपा र रजनी मिस र मिसेस डिस्याबिलीटी क्विन



रूपा पहाडी र रजनी राईले मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन–२०२१ को शीर्ष उपाधि चुमेका छन्। प्रतियोगितामा डीना खत्री फस्ट र सरिता कोइराला सेकेन्ड रनर्सअप चुनिए।

विजेता ४ जनाले क्रमशः १५, १५, १० र ५ हजार रुपियाँ नगदसहित विभिन्न उपहार पाएका छन्।अपांगता भएकाको भिन्न क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पु¥याउने उद्देश्यले ग्रिन आर्ट मिडिया प्रालिले सांस्कृतिक समाज नेपालको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा रूपा पहाडी बेस्ट स्माइल, मीरा तामाङ बेस्ट डिसिप्लेन, संगीता मागी मस्ट ट्यालेन्टेड, टिना महर्जन मस्ट फोटोजेनिक, मीना शर्मा मस्ट अमाजिन, निर्मला भण्डारी बेस्ट फर्सनालिटी, अनु राई मस्ट हम्बल, सरिता कोइराला मस्ट फ्रेन्ड्ली, गंगा छन्त्याल मस्ट ग्ल्यामर, तुलसा थापा मगर मस्ट कन्फिडेन्ट, रजनी राई बेस्ट स्किन र अस्मी दुलाल मस्ट ब्युटिफुल भएका छन्। प्रतियोगितामा पूर्वमिस नेपाल इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङ निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्