सरकारलाई अस्थिर बनाउने षडयन्त्र भएको मुख्यमन्त्री पोखरेलका आरोप



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालु ७ औ अबिधेशनको ५ औ वैठक संगै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमवार वसेको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको हो । अव मंगलवार बैठक वसेपछि अधिकेशनको अन्त्य हुने छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिर बनाउने षडयन्त्र भएको भन्दै त्यसलाई असफल बनाउने दाबी गर्नुभएको छ ।

त्यस्तै सोमबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्रीय राजनीतिमा विकसित घटनाक्रम अनुसार प्रदेश सरकारलाई पनि अस्थिर बनाउने षडयन्त्र भएको भन्दै तर त्यसलाई असफल पारिने दाबी गर्नुभएको हो । केन्द्रीय राजनीतिमा जे सुकै परिवर्तन भए पनि प्रदेशमा सबै दल मिलेर जानुपर्छ भन्ने आफ्नो प्रयास रहेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो प्रयासलाई असफल बनाउन केन्द्रदेखिनै प्रयास भैरहेको उहाँको आरोप छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुप्रति लक्षीत गर्दै उहाँले सरकारमा बसेर सरकारलाई कमजोर बनाउन नमिल्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले आफ्नो ३ बर्षे कार्यकालमा गरेका कामहरुको बारेमा प्रदेश सभालाई जानकारी गराउनुभएको थियो ।

बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य अष्टभुजा पाठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम भ्रष्टाचारको अखडा भएको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । नेकपा माओवादीका प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेलले बिगतमा कृषि मन्त्रालयमा भ्रष्टाचार भयो भनेर प्रदेश सभामा बोल्ने प्रदेश सभा सदस्यले अहिले भ्रष्टाचार भएको छैन भन्ने अभिव्यक्ति दिएको प्रति आश्चर्य व्यक्त गर्दै सरकारको सुगा बनेर प्रस्तुत नहुन प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नु भयो ।

नेकपा एमालेका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ र तुल्सी प्रसाद चौधरीले भने सरकारले महत्वपूर्ण काम गरेको भन्दै सरकारको बचाउ गर्नुभयो । बैठकमा प्रदेश सभा सदस्यहरु निर्मला क्षेत्री,दीपेश थारु,गिता थापा,कल्पना पाण्डे लम्सालल,माला गोतामे,पुरमती ढेंगाले सुन्य र बिशेष समय लिएर बेल्दै आगलागि,बाघ आतंक,सडक समस्या लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसै बीच प्रदेश सरकार परिवर्तनका लागि नेपाली कांग्रेस,र नेकपा माओवादी केन्द्र र जसपा बीच छलफल पनि शुरु भएको तर साथकता भैनसकेको नेपाली काग्रेसका प्रमुख सचेतक फकुरदिन खाँनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्