धनगढीमा सबैभन्दा बढी वायु प्रदूषण



न्युज अफ नेपाल , काठमाडौं ।

केहि दिन यता देशभर वायु प्रदूषण फेरि बढेको छ । आज विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेर वातावरण धमिलो देखिएको छ ।

सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ ।

त्यस्तै काठमाडौंको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ । वायु प्रदूषणको मात्रा ५० एक्यूआई भन्दा बढी भएमा खतरा मानिन्छ । अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्