रियल सोसिडाडलाई कोपा डेल रे उपाधि



लन्डन, (एजेन्सी) ।

स्पेनिस कप कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको छ ।शनिबार राति भएको सिजन २०१९–२० को फाइनल खेलमा सोसिडडाले ला लिगा टोली एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै उपाधि जितेको हो । अघिल्लो सिजन नै हुनुपर्ने फाइनल खेल कोरोना भाइरसका कारण स्थगित भएको थियो । सोही फाइनल खेल नै एक वर्षपछि शनिबार राति खेलाइएको हो ।

आइतबार राति सेभियामा भएको उपाधि भिडन्तमा सोसिडाडले ला लिगाको अर्को बलियो टोली बिल्बाओलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भयो ।यससँगै सोसिडाडले ३४ वर्षमा पहिलोपटक कोपाको उपाधि जित्न सफल भएको छ । सोसिडाडलाई उपाधि जिताउन एक मात्रै निर्णयक गोल कप्तान मिकेल ओयारजबालले गरेका थिए । उनले खेलको ६३औं मिनेटमा पेनाल्टीमार्फत् सो गोल गरेका थिए । रेफ्रीले ५ मिनेटसम्म भिएआरमार्फत् रिभ्यु गरेपछि सोसिडाडलाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा ओयारजबालले बललाई सजिलै जाली चुमाए ।

यता, पराजित बिल्बाओ यो सिजन पनि कोपाको फाइनल पुगेको छ । बिल्बाओले यस सिजनको कोपा डेल रे फाइनलमा उपाधिका लागि अप्रिल १७ तारिखमा बार्सिलोनासँग भिडन्त गर्दै छ । बिल्बाओले यो उपाधि जित्न नसकेको ३७ वर्ष भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्