रिजेन्द्र, कृष्ण र मिलन अग्रस्थानमा



ललितपुर, (नेस)

ललितपुरको ताम्राकार भवनमा सञ्चालन भइरहेको ‘गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता’को तेश्रो् दिन चौथौं र पाँचौं चरणका खेलहरू सम्पन्न भए । जसमा गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी, सुन्दर साकोस हेटौडाका कृष्ण थापा र दोलखाका मिलन लामा समान १३ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा रिजेन्द्रले चौथौं चरणमा दोलखाका सुमित पन्तलाई निराश पारे भने पाँचौंमा कृष्ण थापासित बराबरी खेले । त्यस्तै, कृष्णले चौथौंमा करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए । मिलनले चौथौंमा सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ र पाँचौंमा सिलुलाइट साकोस लुभुका सुरोज महर्जनमाथि जित हात पारेका थिए ।

त्यसैगरी, दोलखाका सुमित पन्त, अर्थ बहुउदेशीय सहकारी ललितपुरका फिडेमास्टर मनीष हमाल र स्वागतम साकोस ललितपुरका युवराज पौडेलले समान १२ अंक प्राप्त गरेका छन् ।स्वीस लिग ९ चरणको खेल हुने प्रतियोगितामा माउन्ट एभरेस्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, नोभा साकोस ललितपुरका सुदिप तामाङ्ग, दमकका राजन सुवेदी र दोलखाका सुमित पन्तले समान ११ अंकका साथ तेश्रो स्थानमा रहेका छन् ।
६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरू प्रतिस्पर्धा गर्दै छन् । पाँच दिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु. ५,६१,४०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्