रियल मेड्रिडको सहज जित



लन्डन, (एजेन्सी)

स्पेनिस क्लब रियल मेड्रिडले घरेलु ला लिगामा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा रियलले पाहुना टोली एइबारलाई आफ्नो घरेलु मैदानमा २–० ले पराजित गरेको हो ।

रियललाई जिताउन दुईजना खेलाडी गोल गरे । पहिलो गोल खेलको ४१औं मिनेटमा मार्को एसेन्सियोले गरे । उनले निकै शानदार गोल गेर टिमलाई अग्रता दिलाएका थिए । उनको गोलमा कासेमिरोले असिस्ट गरेका थिए ।त्यसपछि खेलको ७३औं मिनेटमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गरेर टिमको अग्रता दोब्बर बनाए । भिनिसियस जुनियरको क्रस पासमा बेन्जेमाले हेडिङमार्फत् गोल गरेका थिए । यो जितपछि रियलले २९ खेलबाट कुल ६३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्