रहेनन् तारिक र शशीकला



बलिउड फिल्म नगरीमा लगातार शोक परेको छ। बलिउडले शनिवार अभिनेता तथा निर्देशक तारीक शाहलाई गुमाएको छ भने आईतवार ९० की दशकी हिट अभिनेत्री शशीकलालाई गुमाएको छ।

अभिनेत्री शशीकलाको आईतवार निधन ८८ वर्षको उमेरमा निधन भएको अमर उजालाको अनलाईन संस्करणमा जनाइएको छ। त्यस्तै दुई वर्षदेखि मृगौला रोगबाट पीडित अभिनेता तथा निर्देशक तारीक शाहले उपचारका क्रममा मुम्बईको एक अस्पतालमा ५८ वर्षको उमेरमा अन्तिम श्वाश लीए।

फिल्म जन्म कुडण्ली तथा टेलिभिजन सीरीयल कडवा सचमार्फत लोकप्रियता कमाएका अभिनेताले जन्म कुण्डली, बहार आने तकजस्ता फिल्मको निर्देशन गरेका थिए। उनी अभिनेत्री शोमा आनन्दको पती हुन्। उनका एक छोरी सारा रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्