संगीतमा हत्ते नहाल



गायक तथा मोडल दिनेश थापा तथा गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत सार्वजनिक भएको छ हत्ते नहाल। दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्।

गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापाका साथ अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ। अनिल के. मानन्धरको छायाँकन रहेको गीतको म्यूजिक भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका छन्। दिनशन शाहको भिडियो सम्पादन रहेको भिडियो गायक थापाको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्