आज प्रतिनिधि सभाको बैठक बस्दै



न्युज अफ नेपाल , काठमाडौं ।

प्रतिनिधि सभाको बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ ।

दिउँसो १ बजे बस्‍ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवाको संचालन र गठन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रमबारे समेत जानकारी दिइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्