आधुनिक तानाशाहको रुप



  • एल.बी.विश्वकर्मा

बेलायतमा लोकतन्त्र स्थापनापछि अंग्रेजहरुले भारतमा संसदीय लोकतन्त्र स्थापित गराएर फर्किए । भारतमा आएको व्यवस्थाले राजनीतिक प्रणालीमा ठूलो परिवर्तन ल्यायो । वर्तमान समयसम्म पनि सोही लोकतान्त्रिक अभ्यास भारतमा चलेको छ । उता सोभियत संघ हुँदै चीनमा एकदलीय साम्यवाद आएपछि भारतको राजनीति दुई धारमा बाँडियोतर भारतमा लोकतन्त्रले राजनीतिमा अराजकता र तानाशाही प्रवृत्ति हाबी हुन दिएन ।

त्यसबेला नेपालमा चरम राजतन्त्र थियो । राजनीतिक दलहरु निर्माण गर्न पाउने सम्मको अधिकारसमेत जनतालाई थिएन । नेपालको राजतन्त्र फाल्न भारतमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी गठन भए । नेपाली राजनीतिमा नयाँ अध्यायको शुरुवात भयो । राजनीतिमा भारतीय राजनीतिको छाप भने दाग नमेटिने गरी बस्यो ।त्यहाँका पार्टीहरुले जसरी आफ्ना एजेन्डाहरु उठाइरहेका थिए, नेपालमा पनि त्यस्तै भयो ।

कांग्रेसले संवैधानिक राजतन्त्रसहितको संसदीय लोकतन्त्र स्थापनाको पक्ष लियो भने कम्युनिस्ट पार्टीले समाजवादको बाटो अंगाल्यो । नेकपाले नयाँ जनवादी क्रान्तिको अवधारणा लिएको वर्षौंपछि बीपी कोइरालाले कांग्रेसमा प्रजातान्त्रिक समाजवादलाई प्रवेश गराए ।सोभियत संघ विघटन, पूर्वी युरोपको पतन र चीनमा तेनमियान चोकको विद्रोहले ल्याएको अनुकूलताको मौका पारेर मदन भण्डारीले जनताको बहुदलीय जनवादको अवधारणा लिए । यससँगै एमालेले संसदीय लोकतन्त्रको अभ्यास गर्न थाल्यो । कम्युनिस्ट पार्टीहरुले उदार पुँजीवादी संसदीय लोकतन्त्रलाई औपचारिक सिद्धान्त बनाए। यससँगै नेपालमा दुई तवरले लोकतान्त्रिक अभ्यासको थालनी गरियो ।कांग्रेसले भारतीय लोकतन्त्रको अभ्यास गरिरहेको थियो भनेकम्युनिस्ट पार्टीले चीनको साम्यवादको अभ्यास गर्न थाल्यो ।

बेलायतबाट भारत प्रवेश गरेकोसंसदीय लोकतन्त्र वा रुस हुँदै चीन प्रवेश गरिसकेको नयाँ जनवादी साम्यवादको बौद्धिक सीमाभित्र नेपाल फस्यो । यसले गर्दा दुई विचारधाराको चपेटामा नेपाल प-यो । तर निरन्तरको प्रयासले २००७ फागुन ७ मा नेपालमा लोकतन्त्र आयो । यसको कार्यान्वयन प्रभावकारी हुन सकेन । तत्कालीन राजाहरुले उक्त व्यवस्था फेल गराए । पयछि २०४६ सालको जनआन्दोलनले लोकतन्त्र प्राप्त गर्न सफल भयो । त्यो व्यवस्था पनि दीर्घकालीन हुन सकेन ।

राजनीतिक खिचातानी र सत्तास्वार्थले कोल्याप्स बनाइछाड्यो ।मुलुक द्वन्द्वको चपेटामा धकेलियो ।दशबर्से सशस्त्र जनक्रान्तिभयो । जनक्रान्तिराजा शासनको अन्त्य र नयाँ जनवादी .क्रान्तिउदयको दिशामा प्रवेश ग-यो । २०६२/०६३ को दोस्रो जनआन्दोलनको उपलब्धि स्वरुप २०६३ वैशाख ११गते लोकतान्त्रिकगणतन्त्र स्थापना भयो । त्यसपछि नयाँ संविधान गठनको गृहकार्य शुरु भयो । राजाले राजनीतिबाट विश्राम लिए । दलमा प्रवेश गर्ने वा छोड्ने, विभाजन वा एकता गर्ने, नयाँ दल गठन गर्नेजस्ता कामहरु भए । संविधान बन्न नदिने विदेशी षड्यन्त्र चलिरह्यो । राजनीतिलाईऔचित्य र अर्थहीन ढंगको खेलो बनाइयो । राजनीति अवैध व्यापारजस्तो बन्न पुग्यो ।सांसद किनबेचका घटना भए । लामो राजनीतिक खिचातानी र गृहकार्यपश्चात २०७२ असोज ३ गते मुलुकले नयाँ संविधान पायो ।

२०७२ को भूकम्पले ध्वस्त संरचना र खराब राजनीतिले थिलथिलो बनेको मुलुक एकैपटक निर्माण गर्नुपर्ने जिम्मेवारी मुलुकको काँधमा थियो । संविधान प्राप्तिको २ वर्षपछि २०७४ सालमा संघीयताको अभ्यास शुरु भयो । तर नयाँ सरकार गठनसँगै झन्डै दुई तिहाइ मत पाएको सरकारले जनआकांक्षा अनुसारकाम गर्न सकेको छैन । बरु मुलुकलाई अझ धराशायी बनाउन लागिपरेका छन्, प्रधानमन्त्री ओली ।

आफूले नेतृत्व गरेको सरकार १३ दिनमा कोल्याप्स हुँदा भारतीय नेता अटल विहारी बाजपेयीले भनेका थिए– ‘सत्ताको खेल चलिरहन्छ, सरकार बन्छन्, फुट्छन्, पार्टीहरु बन्छन्, फुट्छन्तर देश रहनुपर्छ, देशमा लोकतन्त्र रहनुपर्छ ।’ओलीले ठ्याक्कै उल्टो गरे । पार्टी पनि फुटाए, सरकार पनि फुटाए । लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थालाई आफ्नो सत्ता टिकाउन आफ्नो बन्दी बनाए । आफ्ना सहकर्मीहरुलाई नै पार्टीबाट निष्कासन गरे ।लोकतन्त्रमा उनले तानाशाह लाद्न खोजे । सत्ताको मोहजालमा फसेको राजनीतिका कारण सबैलाई कुर्सीको माया मात्रै छ । आफूले नेतृत्व गरेको सरकार जहाँ–जस्तो अवस्थामा होस्, कसैलाई मतलब हुँदैन ।

आजभन्दा ६ वर्षपहिले लोकतान्त्रिक व्यवस्थामा सर्वसत्तावादी र तानाशाही नेतृत्वको विषयमा पेरिसयुनिभर्सिटीकाप्रोफेसर सेर्गेई गुरिएबर युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर डेनियल ट्रेसमानले अध्ययन गरेका थिए ।उनीहरुले आफ्नो अध्ययनमा ‘हाउ मोडर्न सर्वाइब ः इन एन्फर्मेसनल थ्योरी अफ द न्यु अथोरिटरिजम’ दिएका थिए।पोलिटिकल साइन्सका यी दुई विद्वान्ले अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक नेतृत्वको बारेमा खोजी गरे । उनीहरुले अध्ययनको क्रममा जसलेआफ्नो कार्यकालमा सर्वसत्तावादी र तानाशाहि प्रवृत्ति प्रदर्शनगरेका थिए, ती नेतामा अध्ययन केन्द्रित गरेका थिए । अनुसन्धानकर्ताहरुकोअध्ययनमा समावेश सबै नेताहरु आफ्नो कार्यकाल पूरा गर्न अक्षम थिए । उनीहरुसत्ता कब्जा गरेर कार्यकाल पूरा गरेका थिए ।

तानाशाही प्रवृत्ति भएका उनीहरुले लामो समयसम्म शक्ति र सत्तामा रहिरहनकालागि आफूजिम्मेवारी बहन गर्नयोग्य रहेकोघोषणा गरिरहने आधारभूत मन्त्र अपनाएका छन् । उनीहरुलाई लोकतान्त्रिक प्रणालीको मतलब नै थिएन । अध्यताहरुले भनेका छन्– ‘प्रजातान्त्रिक’ तानाशाहहरू केवल बल वा विचारधारा मात्र लाद्ने होइन,अरूलाई असक्षम देखाउनसमेत पछि पर्दैनन् । सबै शक्ति प्रयोग गरेर आफूअरुभन्दा सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । तिनीहरू वास्तवमै कत्तिको सक्षम छन् भन्नेमा कुनै अर्थ छैन।

उनीहरुलेआफूभन्दा योग्य अरु कोही छैन भनेर प्रचार गर्न र गराउन थाल्छन् ।तानाशाहीका लागि विचारधारा धेरै आवश्यक हुँदैन । उनीहरुलाई कुनै विषेश प्रतिबद्धता पनि आवश्यक पर्दैन । शुरुवातमा जनताको ध्यान आफूतिर खिच्नका लागि मात्र उनीहरुले विचारलाई सीमितरुपमा प्रयोग गर्छन् । अनि त्यसैको सहारामा आफूसबैभन्दा प्रबल भएको दाबी गर्छन् । तानाशाही विचारका व्यक्तिहरु आफूलाई शक्तिमा राख्नका लागि निरन्तर विभिन्न तरिकाकायुक्तिहरु निकालिराख्छन् । उनीहरु आफू शक्तिमा नभएमा प्रलय आउँछ भनेर जनतालाई विश्वास दिलाउन खोजछन् । अनुसन्धाताहरु भन्छन्–तानाशाहीको कथित क्षमताले ऊ कति धेरै खेल्न सक्छ भन्ने निर्धारित गर्छ । जति धेरै उसले मान्छेहरुलाई आफू सक्षम भएको दाबीगरेर प्रभावित पार्न सफल हुन्छ,त्यतिमात्र उसको कार्यकाल चल्छ । आफ्ना झुटा दाबीबारे सोधीखोजी नहोस् भनेर प्रचारप्रसार संयन्त्रलाई उसले आफ्नो नियन्त्रणमा राख्न खोज्छ ।

स्वतन्त्र मिडियामा समेत शासकले सेन्सरसिप लगाउँछ । समाजको कुलीन वर्गलाई आफ्नो समर्थनमा ल्याउनका लागि विभिन्न प्रलोभनमा पारिन्छ । अन्य वर्गलाई सबक सिकाउन प्रहरी परिचालनका साथै अरु दमनकारी कदमहरु उठाउन थाल्छ । राज्यमा प्रोपोगान्डा, सेन्सरसिप र कुलीन वर्गको स्वीकृति तीन महत्वपूर्ण समुदायको सहयोगमा अधिनायकवादीसत्ता टिकेको हुन्छ ।अनुसन्धानअनुसार २० औं शताब्दीमा हिटलर, स्टालिन, माओ, पोलपोट, स्पेनका फ्रान्को, चिलीका पिनोसो र अफ्रिकाका कैयौं तानाशाहीले हिंसा र आक्रामक विचारधाराको बलमा आफ्नो देशको राज्यमा कब्जा जमाएका थिए ।

फासिज्म र कम्युनिज्मको नाममा जर्मन, रुस र चीनमा व्यापक दमन गरिएको छ । तर एक्काइसौं शताब्दीको शुरुवातीसँगै हिंसाको प्रयोग कम हुँदै गएको हो । अहिले देशकालोकतान्त्रिक तानाशाहहरुले आफूलाई मिडिया र अन्य कैयौं नयाँ टेकनिकमा ढालिसकेका छन् । आफ्नो उद्देश्य पूरा गर्न रुढिवादी सरकारहरुले प्रहरी आतंकलाई ठूलो मात्रामा छाडेका छन् । प्रहरी व्यवस्था पनि संलग्न त छ तर बर्दीलाई अदृश्य बनाइएर नयाँ टेक्नोलोजी प्रयोग गर्न थालिएको छ, जसले जनताको विचार र आचरणलाई नियन्त्रण गर्न सक्छ ।

समकालीनसत्तावादी सरकार लोकतन्त्रको जामा ओढेर यस्तो तरिकाले चुनाव गराउँछ । त्यसमा उसको जित निश्चित हुन्छ । ऊस्वतन्त्रमिडियामाथि प्रतिबन्ध लगाउनुको साटो आफ्नो प्रभावको डर र प्रलोभन देखाएर नियन्त्रणमा राख्छ । जहाँसम्म विचारधाराको सवाल छ, एक खास विचारको सट्टामाजनतालाई अज्ञात दुश्मनसँग भिड्न प्रेरित गर्छ ।

यसमा बाह्य शक्तिबाट देशलाई खतरा, कुनै पनि धर्म वा जातिबाट खतरा आदिजस्ता अफवाहलाई विशेष गरी उठाइन्छ । प्रजातान्त्रिक तानाशाहले ती शक्तिसँग लड्न आफू मात्र सक्षम भएको विश्वास दिलाउँछ ।प्रोपोगान्डाकै सहयोगमा ऊ आफ्नो क्षमताका कहानीहरु प्रचार गर्छ । अर्को शब्दमा, ऊ आफ्नो अलोकतान्त्रिक शासनलाई ‘कोपरफरमेन्स लेजिटिमेसी’ अर्थात्कार्यवैधताको औचित्य प्रदान गर्ने भरपूर कोशिशगर्छ । यस्तो सरकारसँग लोकहित उद्देश्य हुँदैन । नेतृत्व क्षमताको डंका बजाउनु मात्रै उसको काम हुन्छ । क्षमताको भरमा जनमानसमा होहल्ला मात्र गर्न थालिन्छ ।

यसैले समकालीन नेतृत्वले टिभीमा उनीहरुको रेटिङ गम्भीरताका साथ गर्न थाल्छ ।अध्ययनमा चाखलाग्दो कुरा के छभने, सबै नेताहरूले आफ्नो योग्यता प्रमाणित गर्न सूचना प्रवाहलाई महत्व दिन्छन्। जुन जानकारी आज मादक पदार्थ बनेको छ । यदि यसको उपलब्धि केही समयका लागि अवरोध भयो भने मान्छेहरूले प्रगति गर्न थाल्छन् ।तानाशाहले जनताका दुःखमाथि रजाइँ गरिरहेको छ र यसको भरपुर फाइदा उठाइरहेको छ । अर्थात् इमोस्नल ब्ल्याकमेलिङ गर्नेसम्मका कुकृत्यसमेत गर्न पछि पर्दैनन् ।आफ्नो सक्षमताको सूचना वास्तविक र काल्पनिकरुपमा व्यापक प्रचार गरेर सुन्ने मान्छेहरुलाई साँच्चै हो है भन्ने पार्छन् ।

लगातार चर्चा आफ्नो पक्षमा मात्रै गरेर विपक्षीलाई लाचार र अक्षम बताईहिंसा नगरीकनै विरोधी सिध्याउँछन् । उक्त विज्ञापनको आवाजले समकालीन प्रतिस्पर्धीहरु समाप्त हुन्छन्। तानाशाहले अप्रत्यक्ष हिंसाको रणनीतिको महत्वपूर्ण अंश अपनाएर आफूलाई शक्तिमा राखिराख्छ । यसैले त कार्ल माक्र्सले धर्म अफिम हो भनेर वर्षौंपहिले नै भनेका थिए। एक्काइसौं शताब्दीमा उक्त अफिम सूचना प्रवाह बनेको छ । जसरी विगतमा आफूलाई सक्षम देखाउन तानाशाहले धर्मको प्रयोग गर्ने गरेका थिए, त्यसैगरी वर्तमान तानाशाहहरु सूचना प्रयोग गरिरहेका छन् । यी दुवैको नशा आगो जसरी फैलिन्छ । लोकतान्त्रिकरुपमा अयोग्य शासकका लागि यस्तो सूचनाले अहम्भूमिका खेलेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्