गुडविलका अध्यक्ष पक्राउ



ललितपुर, (नेस)

ललितपुरको कुमारीपाटीमा रहेको गुडविल वचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले श्रेष्ठलाई चितवनको भरतपुरबाट पक्राउ गरेर ल्याएको परिसरका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरुले चैत ५ गते परिसरमा ठगीसम्बन्धी किटानी जाहेरी दिएको थियो । सोही आधारमा निजहरुविरुद्ध सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरेको हो ।सञ्चालक श्रेष्ठले संस्थाका अन्य पदाधिकारीहरुको संलग्नतामा बढी ब्याज दिने आश्वासन दिएर सर्वसाधारणबाट रकम जम्मा पार्न लगाएको थियो । गुडविल सहकारीको ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए ।

गी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।गुडविल सहकारीबाट पीडित भएका व्यक्तिहरुले जाहेरी दिने क्रम जारी रहेको जनाउ“दै प्रवक्ता महर्जनले सहकारीबाट ठगीमा परेका व्यक्तिहरुले उजुरी दिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्