राष्ट्र बैंककी निर्देशक रेग्मी पक्राउ



काठमाडौं, (नेस)

नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । उहाँकै ८४ वर्षीया आमाको जाहेरीपछि आइतबार रेग्मीलाई उहाँको कार्यालयबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उहाँकी आमाले आफ्नो माछापुच्छ्रे« बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी छोरी रेग्मीले अनधिकृतरूपमा निकालेको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो ।उजुरीमा छोरीले आफूहरूको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको उल्लेख छ । नेपाल राष्ट्र बैंकको निर्देशक रेग्मीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्