नेपालमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन् ।नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको छ।

आज उपत्यकामा ९९ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौंमा ८७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्