महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन : नेता नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको दावी गरेका छन् । नेपालले भने,’ कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।’

महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन नमिल्ने बताउँदै नेपालले भने ‘महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन । अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई फालेर ओलीले कमाउवादलाई प्रश्रय दिँदैछन् । ओलीको बुझाइमा मार्क्सवाद मुक्ति होइन कमाउवाद हो’, ।

त्यस्तै, संख्यात्मक हिसाबले समेत आफूहरु कम्जोर नभएको जनाउँदै उनले भने, ‘संख्यात्मक कुरा गर्छ भने, संगठनको हिसाबले पनि हामी कमजोर छैनौं’ ।

प्रतिक्रिया दिनुहोस्