अब्दुल्लाह नेपाली फुटबल टिमको प्रशिक्षक



न्युज अफ नेपाल काठमाडौं ।

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्