अरबौंको ठगी आरोपमा ललितपुरस्थित गुडविल सहकारीका अध्यक्ष पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

अरबौंको ठगी आरोपमा ललितपुरस्थित गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । सहरकारी कै करिब ७० करोडसहित विभिन्न व्यक्तिको रकम गरी २ अर्ब ठगी गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

श्रेष्ठले सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि केही दिन अघि फरार भएका थिए । ठगी मुद्दामा म्याद थपका लागि उनलाई ललितपुर जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्