बाढीपहिरोका कारण इन्डोनेसियामा २० को मृत्यु, पाँच बेपत्ता



एजेन्सी ।

बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।स्थानीय समय अनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिनुभयो ।बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजी कार्य जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्