आदित्य र श्वेतालाई कोरोना संक्रमण



काठमाडौं ।

चर्चित गायक उदित नारायण झाका छोरा तथा इण्डियन आइडलका एंकर आदित्य नारायण झालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आदित्यले आफूलगाएत आफ्नी पत्नी श्वेता अग्रवाललाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोना पोजेटिभ देखिएका उनीहरु हाल होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्