मध्यविन्दु क्षेत्रलाई वनवाटिकाको रूपमा विकास गरिने



घनश्याम बगाले, नवलपरासी

पूर्व–पश्चिम महेन्द्र राजमार्गको बीच भागमा पर्ने मध्यविन्दु क्षेत्रलाई स्थानीय पालिकाले विशाल स्तम्भसहित वनवाटिकामा विकास गर्ने भएको छ ।स्थानीय मध्यविन्दु नगरपालिका वडा नं. ५ र ७ मा पर्ने यो क्षेत्र पूर्व–पश्चिम राजमार्गको कुल लम्बाईको बीच भूभाग ५ सय १२ किमिमा पर्दछ । तत्कालीन जिल्ला विकास समिति नवलपरासीले सामान्य स्तभ बनाई यसको पहिचान गरे पनि यो क्षेत्रको विकास हुन सकेको थिएन ।
यो क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले यसै वर्ष २० लाख रुपैयाा विनियोजन गरेको छ भने स्थानीय मध्यविन्दु नगरपालिकाले करिब ६ लाख यसमा थप गरेको छ ।

प्रस्तावित वनवाटिका निर्माणका लागि करिब दुई दशमलव पााच हेक्टर जमिन चाहिने र यहााको वन क्षेत्रका करिब १ सय ४५ रुखबिरुवा हटाउनुपर्ने वातावरणीय प्रभाव मूल्यांकनबाट देखिएको छ ।नगरपालिकाको बस्ती विकास तथा भवन निर्माण शाखाका इन्जिनियर विवेक पोख्रेलका अनुसार मध्यविन्दु वनवाटिकामा पूर्व–पश्चिमको लामो यात्राका यात्रुहरूको थकान मेटाइका लागि रि–फ्रेस सेन्टर पनि निर्माण गरिनेछ ।यसैगरी यहाा रोकिने सवारीसाधनहरूका लागि पार्किंङस्थल, मर्मत ग्यारेज, आधुनिक शौचालय, खाजाघर, पोखरीसहित मुख्य आकर्षणका रूपमा करिब ४२ मिटर अग्लो मध्यविन्दु स्तम्भ रहने इन्जिनियर पोख्रेलले बताउनुभयो ।यसैगरी, वनवाटिका क्षेत्रमा नगरको पहिचान झल्कने स्थानीय कला संग्रहालय, शिव बुद्धलगायतका देवमूर्तिहरू, गैडा हात्ती आकारमा कुदिएका कलात्मक चित्रहरू निर्माण गरिने भएको छ ।वाटिका निर्माणका लागि यसको विस्तृत परियोजना प्रतिवेदन बनाउने, वन क्षेत्रका रुखहरू हटाउन विभागीय अनुमति लिने कार्यहरू दु्रतगतिमा होस् भनी यसलाई राष्ट्रिय गौरवको योजनामा पार्ने पहल भइरहेको छ ।

मध्यविन्दु क्षेत्र देशकै गहना भएकाले यो राष्टिय गौरवको आयोजनाका रूपमा विकास हुादा यहााको पर्यटन विस्तार तथा स्थानीयको स्वरोजगारितामा वृद्धि हुने नगरप्रमुख चन्द्रबहादुर राना बताउनुहुन्छ ।रानाका अनुसार वाटिकाभित्र स्तम्भको निर्माणले मध्यविन्दु नगरको प्राकृतिक मोहकता र नजिकै रहेको चितवन राष्टिय निकुञ्ज क्षेत्रको दृश्यावलोकन सहजै गर्न सकिनेछ । स्मारकको डीपीआरसहित कार्य सम्पादन हुन करिब २६ करोड रुपैयाा लाग्ने अनुमान गरिएसागै यसको पूर्वाधारको तैयारीमा नगरपालिका जुर्रमुराएर लागि परेको छ ।नगरपालिकाले यसअघि नै आफ्नो नगरपरिषद्बाट कृषि, पर्या पर्यटन, उद्योग र पूर्वाधार, समृद्ध मध्यविन्दुको आधार भन्ने लक्ष्य र गन्तव्यलाई मूर्त रूप दिन मध्यविन्दु आधुनिक स्तम्भ तथा वनवाटिका भन्ने अवधारण बनाएको थियो । मध्यविन्दु क्षेत्र दायाा बायााको तुलनामा अलिक तल्लो सतहमा रहेको हुादा यहाा सदावहार शितल हावापानीको महसुस हुने र राजमार्गमा केही बेर सुस्ताउन सहज हुने गरेको दुम्किबासका गोविन्द चापागाईले बताउनुभयो ।स्थानीय चालिस किलो जंगलको मैदानी भाग र विशाल सालघारीको बीचमा रहेको मध्यविन्दु क्षेत्रको विकास हुनु अत्यावश्यक भएको स्थानीय युवाहरू बताउाछन् ।

प्रतिक्रिया दिनुहोस्