पत्रकार दबूद्वारा पत्रकारिता पुरस्कार प्रदान



नेपाल समाचारपत्र, काठमाडौं

पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील एक सञ्चारमाध्यमसहित तीनजना पत्रकारलाई विभिन्न पुरस्कार दिइएको छ । नेवाः पत्रकारहरूको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शुक्रबार मध्यपुर ठिमीमा भएको आठौं वार्षिक साधारणसभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।

ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार जनआस्थाका प्रबन्ध सम्पादक राजेन्द्र स्थापितलाई प्रदान गरिएको थियो । यो पत्रकारिता पुरस्कारको राशी २० हजार रुपियाा रहेको छ ।त्यसैगरी ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोतीशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउामा स्थापना गर्नुभएको ‘ज्ञानदेवी–मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार’ नागरिक दैनिकमा कार्यरत पत्रकार कृष्ण किसीलाई प्र्रदान गरियो । यस पुरस्कारको नगद राशि १२ हजार रुपियाा रहेको छ ।
भिक्षु कुमारकाश्यप महास्थविरको नाउामा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको ‘भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार बोधी टेलिभिजनलाई प्रदान गरियो ।

यस पुरस्कारको नगद राशि १२ हजार रुपैयाा रहेको छ । त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार रेखा शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाा रहेको छ ।पुरस्कृत व्यक्तित्वहरूलाई पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले दोसल्ला, बाग्मती प्रदेशका सांसद राजेश शाक्यले प्रमाणपत्र प्रदान गर्नुभयो । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो ।
सो अवसरमा बागमती प्रदेशका सांसद राजेश शाक्यले नेपाल भाषाको पत्रकारिताको विकासका लागि बागमती प्रदेशले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजको विकासका लागि जनउत्तरदायी स्वच्छ पत्रकारिता हुुनुपर्नेमा जोड दिनुभयो । मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मातृभाषाको पत्रकारिताको विकासका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिल मातृभाषाको पत्रकारिताको विकास गर्न पहिलो नेपाल भाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशन गरेको उल्लेख गर्र्दै धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारका रूपमा स्थापित गर्न प्रेस काउन्सिलले पत्रकार दबूसाग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसागै फोनिजले राज्यको ध्यानाकर्षण गराउादै आएको बताउादै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राख्नुभयो । नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै उहााले करिब १५ वर्षदेखि अभियानपछि नेपाल पत्रकार महासंघमा समावेशी बन्दै गएको बताउनुभयो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईाले महासंघलाई समावेशी बनाउादै समावेशी पत्रकारिताको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्वृmति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिादै मातृभाषा पत्रकारिताको विकासका लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गर्नुभयो ।नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सो सभामा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन, सचिव केके मानन्धरलगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो ।सो अवसरमा पत्रकार दबुका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरू कुनै बिरामी, दुर्घटना वा कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग दिनका लागि खडा गरिएको अक्षय कोषमा रकम बढाएर यस वर्ष ५० लाख पु¥याउने लक्ष्य राखेको बताउनुभयो ।सो अवसरमा उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो र एक मात्र महिला पत्रकार कल्पना महर्जनलाईविशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित हुने पत्रकार दबू भक्तपुरका सदस्य ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्