मेलम्ची सम्पन्न भएकोमा जापानद्वारा खुसी व्यक्त



काठमाडौं, (नेस)

काठमाडौंबासीको स्वच्छ खानेपानीको आवश्यक्ता परिपूर्ति गर्नका लागि शुरू गरिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा जापानले खुसी व्यक्त गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची आयोजनाको खानेपानी वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

काठमाडौंस्थित जापानी दूतावासले प्रेस विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी आयोजनामा जापानको पनि योगदान रहेको स्मरण गर्दैआयोजना सफलतापूर्वक सम्पन्न भएकोमा जापान सरकार खुसी भएको जनाएको छ ।विज्ञप्तिमा मेलम्ची खानेपानी आयोजनाको सबैभन्दा महत्वपूर्ण कार्य पानी प्रशोधन केन्द्रको निर्माण रहेको र त्यसमा जापानको योगदान रहेको उल्लेख छ ।

सुन्दरीजलमा निर्माण गरिएको पानी प्रशोधन केन्द्रका लागि जापानले करिब ५ अर्ब, ८० करोड ६० लाख रुपैयाा ऋण उपलब्ध गराएको थियो । उक्त ऋणका लागि जापान र नेपाल सरकारबीच सन् २००१ को मार्चमा नै समझदारीमा हस्ताक्षर भएको थियो भने सन् २०१७ को डिसेम्बरमा उक्त प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्