जुम्लामा आगलागी हुँदा ३५ गोठ जलेर नष्ट



न्युज अफ नेपाल काठमाडौं ।

जुम्लाको लिमीमा भीषण आगलागी हुँदा ३५ गोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साविकको लिमी गाविस ३ नम्बर वडामा गाईबस्तु राख्न बनाइएका गोठमा आगलागी हुँदा ३५ गोठ जलेका हुन् । आगलागीबाट मानवीय र पशुचौपायाको क्षति भएको छैन ।

शनिबार राती आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीस्थल लिमी उपत्यकाकोमाथि डाँडामा गोठहरु भएकाले त्यहाँ पुग्न समस्या भएको स्थानीय र प्रहरीको भनाई छ । सशस्त्र र नेपाल प्रहरीको टोली बिहान मात्रै पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएस्पी दानबहादुर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्