किरण खेरलाई रक्त क्यान्सर



बलिउड अभिनेत्री तथा चण्डीगढबाट भारतीय जनता पार्टीकी सांसद किरण खेर मायलोमा नामक रोग अर्थात् एक प्रकारको रक्त क्यान्सरबाट पीडित भएकी छन्।

टाइम्स अफ इन्डियाको अनलाइन सेवाले जनाएअनुसार ६५ वर्षीया अभिनेत्रीलाई क्यान्सर भएको गत वर्ष नै पत्ता लागे पनि यो खबर हालै मात्र बाहिर आएको हो। किरणको मुम्बईमा उपचार हुँदै आएको र उनको दायाँदेखि बाया हातसम्म फैलिएको यो रोग निको हुँदै गएको समाचारमा जनाइएको छ। यसको जानकारी किरणको अभिनेता पति अनुपम खेरले सामाजिक सञ्जालमार्फत गराएका थिए।

गत डिसेम्बरदेखि नै लगातार मुम्बईस्थित कोकिनाबेल अस्पतालमा किरणको उपचार भइरहेको थियो।सन् १९८८ मा पेस्ताजी नामक फिल्मबाट बलिउड प्रवेश गरेकी किरणले देवदास, सरदारी बेगम, ओम शान्ति ओम जस्ता फिल्ममा अभिनय गरेकी छन्। किरण सन् २०१४ मा लोकसभा चुनावमा भाग लिँदै सक्रिय राजनीतिमा होमिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्