पीडित किशोरीलाई बलात्कारीसँगै बाँधेर गाउँ घुमाइयो



नयाँदिल्ली, (एजेन्सी)

भारतका एकजना किशोरीले आफूलाइ एकजना छिमेकीले बलात्कार गरको र परम्परागत सजाय दिने चलन अनुसार आफूलाई ती बलात्कारीसंगै बाँधेर गाउँ घुमाई अपमान गरिएको गुनासो गरेकी छिन् । नाम नखुलाइएकी ती किशोरीमाथि भएको यस घटनालाई लिएर भारतभर विरोध र आक्रोश फैलिएको छ ।

यस घटनाको भिडियोमा एक हुल पुरुषले तिनीहरुलाई त्यसरी गाउँ घुमाइँदै गर्दा राष्ट्रवादी नारा घन्किरहेको सुनिन्छ । यौन उत्पीडनमा परेकी किशोरीको पक्षमा उभिन छाडेर उल्टै उनको सार्वजनिक बेइज्जती गरेको सिलसिलामा छ जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मध्य प्रदेशको एउटा गाउँमा भएको यस घटनामा पक्राउ पर्नेमा पिडित १६ वर्षिया किशोरीका आफ्नै भाई , काका र भतिजा समेत रहेका छन् । सो गाउँका तिलक राम भिलेला नामक एक प्रत्यक्षदर्शीले दि न्युयोर्क टाइम्सलार्इ बताएका छन् ,

‘ तिनीहरुले बिचरी किशोरी माथि त्यस्तो अन्या गरिरहेको देख्दा मेरा अँखाबाट अाँसु नै झ-यो । तर कसैले एक शब्द बोल्ने आँटै गरेनन् । आक्राशित भिडले हामीलाई मार्न समेत सक्थ्यो । ’ भारतमा वलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्था छ । तैपनि यस्तो घटना रोकिने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्